काठमाडौं । कार्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष २०७९/०८०को वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा ३ करोड ७९ लाख रुपैयाँ घाटामा रहेको बैंकले आव २०८०/०८१ मा ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएको छ ।
यस समिक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२.४४ प्रतिशतले बढ्ेर १६ करोड ४८ रुपैयाँ आर्जन गर्ने सफल भएको छ । आव २०७८/०७९ मा यस्तो आम्दानी ९ करोड ३ लाख रहेको थियो ।
आर्थिक बर्षमा २०७८/ ०७९ ३ करोड ७९ लाख संचालन घाटा रहेको बैंकको यस अवधिमा ४ करोड ४३ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्ने सफल भएको छ ।
त्यस्तै, समिक्षा अवधिमा बैंकले ४ अर्ब ६० करोड ९२ लाख निक्षेप संकलन गरि ३ अर्ब ३७ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ५० करोड २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष घटेर १७ करोड ४९ लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.५० र प्रतिसेयर नेटवर्थ १२०.४३ रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको खराब कर्जा ३.४० प्रतिशत रहेकोमा यस आवमा यो बढेर प्रतिश ३.९२ पुगेको छ । यस्तै, बैंकको सीडी रेसियो ७३.१२ प्रतिशत रहेको छ भने लागत ९.३० प्रतिशत र आधार दर १२.५१ प्रतिशत छ ।