२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङलुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा


काठमाडौं- लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकका संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रि ल्याएको हो । यसमा बैककै विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार,काठमाण्डौमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ