२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविकास बैंकशाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक २०७९/०८० वर्षको नाफाबाट ११.५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको असोज २३ गते बसेको सञ्चालक समिति बैठकले बैंकको हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको ११.५ प्रतिशतले हुन आउने ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ बराबरको लाभांश दिने वितरण गर्नै निणर्य गरेको हो ।

जसमा चुक्क्ता पूँजीको १०.५५ प्रतिशतले हुुन आउने ४४ करोड ९८ लाख ७ हजार ५७२ रुपैयाँ बराबरको बोनश सेयर र ०.५५ प्रतितले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ पैसा (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ ।


क्याटेगोरी : विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ