२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविकास बैंक४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा

४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा


काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१को साउन देखि कत्तिक महिना सम्ममा विकास बैंकहरूले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार संचालनमा आएका १७ विकास बैंकहरू मघ्ये १३ वटा विकास बैकले नाफा कमाएका छन् भने ४ वटाले खुद घाटा व्यहोरेका छन् । 

राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धैरे नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकासले यस अवधिमा ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्टले २५ करोड रुपैयाँ खुद नाफा कमाउदै दोस्रो स्थान रह्यो । त्यस्तै गरिमा विकासले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गदैं तेस्रो स्थान रह्यो । लुम्बिनी विकासले १८ करोड १० लाख रुपैयाँ, महालक्ष्मी विकासले १७ करोड १५ लाख रुपैयाँ कामना सेवा विकासले १७ करोड १० रुपैयाँ ,ज्योति विकासले ११ करोड रुपैयाँ र सांग्रिला डेभलपमेन्टले १० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । 

त्यस्तै,कर्णाली  डेभलपमेन्टले ४ करोड रुपैयाँ, मितेरी डेभलपमेन्टले १ करोड ४० लाख रुपैयाँ, ग्रीन डेभलपमेन्टले १ करोड २९ लाख रुपैयाँ, सिन्धु विकासले ८७ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्टले ७१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यस्तै, यस अवधिमा एक्सल, सप्तकोशी,  साल्पा र नारायणी डेभलपमेन्ट बैंक खुद घाटा गएका छन् । यस अवधिमा एक्सल डेभलपमेन्टको खुद घाटा २० करोड ९७ लाख रुपैयाँ पुगेको छ । सप्तकोसीको ११ करोड ७० लाख रुपैयाँ, साल्पाको २ करोड १४ लाख र नारायणीको १ करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेका छन ।

 


क्याटेगोरी : विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ