काठमाडौ । विगत २९ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक र एपोलो डाइग्नोष्टिक नेपाल प्रालिबीच छुट सम्झौता भएको छ ।
बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्धेष्यका साथ काठमाडौको धुमबाराहीमा रहेको एपोलो डाइग्नोष्टिक नेपाल प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।
प्राप्त गर्न सकिने छूट निम्न लिखित छन् :
सेवाहरू छुट
Health Packages २५%
Routine Tests २५%
Outsource Tests १०%
COVID-19: RT-PCR Test रू,१०००
COVID-19: Rapid Antigen Test रू,७५०
यस किसिमको सहकार्यबाट डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।