२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमुक्तिनाथ विकास बैंकद्वारा १३५ जना कर्मचारी सम्मानित

मुक्तिनाथ विकास बैंकद्वारा १३५ जना कर्मचारी सम्मानित


 

काठमाडौ । मुक्तिनाथ विकास बैंकले १३५ जना कर्मचारीलाई सम्मान गरेको छ ।

बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सवका अवसरमा १३५ कर्मचारीहरुलाई सम्मान गरेको हो । वार्षिकोत्सवकै अवसरमा बैंकले महाबीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र रु ५ लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यस्तै यस अवसरमा बैंकले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ ।

यस्तै बैंकले विभिन्न सामाजिक कार्य अन्र्तगत क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथालय, बाल आस्रम तथा बृद्धा आश्रममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमहरु संचालन गरेको छ ।

वार्षिकोत्सव समारोह कम्पनीका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थितिमा भएको थियो ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष भरतराज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक
ट्याग : #मुक्तिनाथ विकास बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ