२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक

कामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक


काठमाडौं । कामना सेवा विकास बैंक गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक भएको छ ।

कामना सेवा विकास बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता गरेको हो ।

सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ ।

यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ