काठमाडौं । सानिमा बैंक लमिटेडले वार्षिक साधारण सभा कात्तिक २८ गते बोलाएको छ। कोरोना संक्रमण महामारीको कारण सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा सहभागी हुने हुनाले भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।
बैंकले बालुवाटारमा स्थित आम्रपाली ब्यांकेट बिहान ११ बजे कालागि सेयरधनीहरुलाई साधारण सभामा बोलाएको हो ।
बैंकले साधारण सभा प्रयोजनाको लागि कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ भने कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउँछन्।
साधारण सभाबाट बैंकको १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार बराबरको बोनस सेयर र कर सहित ३.६० प्रतिशतले हुने ३१ करोड ६८ लाख ४९ हजार ७१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी ग।रिरहेको छ ।
साधारण सभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूणर् कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची पनि तयारी गरेको छ।
अहिले बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ भने बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।