काठमाडौं -गुराँस लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको छ । उक्त सभा घनकुटाको भेडेटारस्थित भेडेटार भिलेज रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको ११८ औं बैठकले संस्थाको ७ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
त्यस्तै उक्त बैंठकले गत आर्थिक २०७८/७९ नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश मध्ये हाल कायम भएको चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनश शेयर र ०.२१ प्रतिशतका दरले हुन आउने २ लाख ५ हजार २६३ रुपैयाँ (बोनश शेयरको कर प्रयोजार्थ समेत गरी) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
त्यस्तै, अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने-गाभिने सम्बन्धि सम्पूणर् कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।