२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता


 

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीम कार्ड प्रयोग एटीम कार्ड गरी नेपालभरी रहेको भिषा नेटवर्कमा भिषा नेटवर्क आवद्ध अन्य जुन सुकै एटीम मेसिन बैंकको एटीम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ