२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट


 

काठमाडौं – ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले पौष २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिडेटको नामबाट एकीकृत कारोबार हुने भएको हो । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय रहेको कामाडौँ महानगरपालिका-२८ स्थित कमलादीमा रहनेछ ।

दुई बैंकको मंसिर २३ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर सम्झौताअनुसार ग्लोबल आइएमई र बीओकेबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछन्र।

मर्जर पछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा भने ग्लोबल आइएमईका वर्तमान सिइओ रत्नराज बज्राचार्य हुनेछन् भने बैंक नयाँ बन्ने संचालक समितिको अध्यक्षमा ग्लोबल आइएमई चन्द्र प्रसाद ढकाल हुनेछन् ।

एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस २२,२३ र २४ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ग्लोबल आइएमई बैंक, #बैंक अफ काठमाण्डू


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ