२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने

हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने


काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै बंैकको विभिन्न शाखाहरुमा क्यास रिसाइरल मेसिन(सीआरएम) संचालनमा ल्याएको छ ।

हाल बंैकले सातवटा क्यास रिसाइरल मेसिन(सीआरएम) बंैकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ ।

यस क्यास रिसाइरल मेसिन(सीआरएम) बाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् ।

सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि-पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ ।

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीम र हजार भन्दा बढी पोड टर्मिनल बाट सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ