२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारश्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालय आज सम्पन्न सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरेको छ ।

सभामा कम्पनीको चुक्ता पूँजीको ७.६० प्रतिशत लाभाँश वितरण (बोनश शेयर २.४०% तथा नगद लाभाँश ५.२०%) सम्बन्धि प्रस्ताव अनुमोदन भएको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ९८ करोड १६ लाख ८३ हजार २ सय पुगेको छ ।

साथै, कम्पनीको शेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२% र सर्व-साधारण तर्फको ४६.६८% लाई क्रमशः ५१% र ४९% कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

त्यस्तै, संस्थाका अध्यक्षले कम्पनीले २०७९ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु पूण रुपमा पालना गरिएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ