२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङइन्फिनिटी लघुवित्त र नयाँ सारथी लघुवित्तले गरे लाभांशको घोषणा , बोनस र नगद कुनको कति ?

इन्फिनिटी लघुवित्त र नयाँ सारथी लघुवित्तले गरे लाभांशको घोषणा , बोनस र नगद कुनको कति ?


काठमाडौं — इन्फिनिटी लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेका छन् ।

यी दूवै लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएका छन् ।

इन्फिनिटी लघुवित्तको पुस ३० गते बसेको सञ्चालक समितिको ८८ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख २ हजार ६५६.९५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेकोले आयकर ऐन, २०५८ बमोजिम बोनस सेयरमा लाग्ने छुट सुविधा उपयोग गरी कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको जनाकारी गराएको छ ।

त्यस्तै नयाँ सारथी  लघुवित्तको पुस २९ गते बसेको सञ्चालक समितिको ५२ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ रुपैयाँ बराबरको बनोस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बनोस शेयरको कर प्रयोजनको लागि हाल कायम कायम चुक्ता पूँजीकै १ प्रतिशतका दरले हुन आउने ३० लाख ३३ हजार ९५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यी दूवै लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #इन्फिनिटी लघुवित्त वित्तीय संस्था, #नयाँ सारथी लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ