२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसिटिजन्स बैक इन्टरनेसनलले मधेश प्रदेशमा थप २ शाखा विस्तार

सिटिजन्स बैक इन्टरनेसनलले मधेश प्रदेशमा थप २ शाखा विस्तार


काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले मधेश प्रदेशमा थप २ शाखा विस्तार गरेको छ ।

विगत डेढ दशकदेखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्‍याँउदैै आएको सिटिजन्स बैकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१ औं तथा १८२ औं शाखा मधेश प्रदेश अन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा  शाखाहरु संचालनमा ल्याएको छ ।

यससंगै मधेश प्रदेशको सबै जिल्लामा यस बैंकको २९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

सुविधा सम्पन्न यस शाखाहरुमार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूणर् रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथाकर्पोरट व्यवसायीहरुमाझवित्तीयपहुँच पुर्‍याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #सिटिजन्स बैंक इन्टरनेसनल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ