काठमाडाैं । कुमारी बैंकले लालबन्दी, जलेश्वर, गौशाला, पोखरीया, कर्मैया शाखा र बोजे पोखरी विस्तारित काउन्टर सञ्चालन ल्याएको छ ।
कुमारी बैंकले आफ्ना शाखा सञ्जाल र विस्तारित काउन्टर विस्तार गर्ने क्रममा मधेश प्रदेशस्थित लालबन्दी वडा नं.७, जलेश्वर वडा नं. २, गौशाला वडा नं. ५, पोखरीया वडा नं. ४, कर्मैया वडा नं. ११ मा रहेका शाखाहरु र बागमती प्रदेश स्थित ललितपुर वडा नं. ३ मा रहेको बोजे पोखरी विस्तारित काउन्टर माघ ४ गतेबाट सञ्चालनमा ल्याएकोे छ ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु र विस्तारित काउन्टर विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।
विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।