काठमाडौं । एनएनबी बैंकले चालु आर्थिक बर्षको पछिल्लो ६ महिनको वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार चालु आवको पछिल्लो ६ महिनमा बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गर्ने भएको छ । गत आर्थिक वर्षको यस समिक्षा अवधिमा १ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ११.११ प्रतिशतले बढेको हो ।
बैंकले चालु आव दोस्रो त्रयमाससम्ममा कुल कर्जा रकम १ खर्ब ८३ अर्ब र कुल निक्षेप संकलन १ खर्ब ९२ अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
बैंकको यस अवधिमा सञ्चालन मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८.१० रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै,बैंकको तरलता अनुपात २५.४० प्रतिशत रहेको छ ।
यस अवधिसम्म १८ अर्ब ३६ करोड चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ७ अर्ब ६० करोड रहेको छ । साथै बैंकको निष्क्रिय कर्जाको अन्ुपात भने बढेको छ गत आवको यस समिक्षा अवधिमा २४.६१ प्रतिशत रहेकोमा यस आवको पछिल्लो ६ महिनामा २५.४० प्रतिशत रहेको छ ।