काठमाडौं — साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापित इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौं वार्षिक स्थापना दिवस माघ ७ गते एक कार्यक्रम गरी मनाएको छ ।
नवलपरासी जिल्ला (ब.सु.पू.) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तले वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम गरी छैठौं वार्षिक उत्सव मनाएको हो ।
उक्त कार्यक्रममा संस्थाको तर्फबाट गैंडाकोट नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालयलाई फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले गरेका थिए ।
देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोटका साथ २०७३ साल माघ ७ गते देखि वित्तीय कारोवार गरेको संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ ।
संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी मिति २०७८ भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको थियो ।
संस्थाले हाल सातै प्रदेशका ४७ जिल्लामा रहेका शाखा कार्यालयबाट ९७ हजार भन्दा बढि विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।
यस संस्थाले ४७ हजार ८१२ जना सदस्यहरुलाई विभिन्न उद्देश्यमा ५ अर्ब १६ रुपैयाँ कर्जा लगानी गरेको छ । साथै, बचततर्फ कुल बचत संकलन १ अर्ब ४७ करोड पुर्याउन संस्था सफल भएको छ ।