२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङआशा लघुवित्तको नाफा घट्यो

आशा लघुवित्तको नाफा घट्यो


काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाकाे  चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ५८.०४ प्रतिशतले घटेको छ ।

आशाले यस अवधिमा ३ कारोड ६९ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा आशाले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

अघिल्लो यही अवधिमा सञ्चालन मुनाफा १२ करोड ५५ लाख ९३ हजार रुपैयाँ रहेकोमा यस समीक्षा अवधिमा आशाको सञ्चालन मुनाफा ५८.०६ प्रतिशतले घटेर ५ करोड २६ लाख ७५ हजार रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो वर्षे ब्याज आम्दानी १७ करोड ६३ लाख ५८ हजार रुपैयाँ रहेकोमा यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३ करोड ३४ लाख २९ हजार रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको आशाले समीक्षा अवधिमा २ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो वर्ष १७ करोड २० लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३१ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, आशाको खराब कर्जा पनि बढेको छ । अधिल्लो आवको ६ महिनामा खराब कर्जा ३.८५ प्रतिशत रहेकोमा चाल्ु आवको पछिल्लो ६ महिनामा खराब कर्जा बढेर ४.८२ प्रतिशत पुगेको छ ।

चुक्तापुँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५२.७३ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ४६.९६ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९७.८७ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #आशा लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ