२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङखराब कर्जा बढ्दा एनआईसी एशिया लघुवित्तको नाफा घट्यो

खराब कर्जा बढ्दा एनआईसी एशिया लघुवित्तको नाफा घट्यो


 

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्ष २०७९/०८० को दोस्रो त्रैमासमा खुद नाफा ६१.८५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यही अवधिमा ३९ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको एनआईसीेले यस अवधिमा १४ कारोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो यही अवधिमा सञ्चालन मुनाफा ५५ करोड ८९ लाख रुपैयाँ रहेको एनआईसीको यस समीक्षा अवधिमा सञ्चालन मुनाफा ६१.८८ प्रतिशतले घटेर २१ करोड ७६ लाख रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो वर्षे ब्याज आम्दानी ८४ करोड ६ लाख रुपैयाँ रहेकोमा यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५४ करोड ७६ लाख रुपैयाँमा सिमित भएको छ ।

एनआईसीले समीक्षा अवधिमा १५ अर्ब १० करोड रुपैयाँ सापटी लिई २० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने यस अवधिमा संस्थाको निक्षेप ३ अर्ब ३६ करोड रहेको छ ।

त्यस्तै, एनआईसीको खराब कर्जा पनि बढेको छ । अधिल्लो आवको ६ महिनामा खराब कर्जा ०.९७ प्रतिशत रहेकोमा चालु आवको पछिल्लो ६ महिनामा खराब कर्जा बढेर ३.३८ प्रतिशत पुगेको छ ।

चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ५६ करोड ११ लाख रुपैया रहेको छ । साथै संस्थाको आधार दर १४.७६ प्रतिशत, कस्ट अफ फण्ड ११.४४ प्रतिशत, मूल्य आम्दानी अनुपात ४४.६४ र प्रतिसेयर नेटवर्थ १५५.५२ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #एनआईसी एशिया लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ