काठमाण्डौ । मेरो माइक्रोफाइनान्सको लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ७६.९५ प्रतिशतले घटेको छ ।
मेरोले यस अवधिमा ६ कारोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा मेरोले २९ करोड ४२ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
अघिल्लो यही अवधिमा सञ्चालन मुनाफा ४ करोड २ लाख २४ हजार रुपैयाँ रहेकोमा यस समीक्षा अवधिमा मेरोको सञ्चालन मुनाफा ७७.४३ प्रतिशतले घटेर ९ करोड ४८ लाख २४ हजार रुपैयाँमा सिमित भएको छ ।
अघिल्लो वर्षे ब्याज आम्दानी ६० करोड ५२ लाख ३६ हजार रुपैयाँ रहेकोमा यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३९ करोड १७ लाख ४८ हजार रुपैयाँमा सिमित भएको छ ।
मेरोले समीक्षा अवधिमा ८ अर्ब ८९ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने यस अवधिमा संस्थाको निक्षेप ३ अर्ब ५९ करोड रहेको छ ।
त्यस्तै, मेरोको खराब कर्जा पनि बढेको छ । अधिल्लो आवको ६ महिनामा खराब कर्जा ३.५५ प्रतिशत रहेकोमा चालु आवको पछिल्लो ६ महिनामा खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेको छ ।
चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ४८ करोड ९३ लाख रुपैया रहेको छ । साथै संस्थाको , कस्ट अफ फण्ड ११.५३ प्रतिशत, मूल्य आम्दानी अनुपात ६७.८८ र प्रतिसेयर नेटवर्थ १७१.१९ रुपैयाँ रहेको छ ।