काठमाडौँ । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.५७ अंकले बढेर २१.६५ अंकमा बन्द भएको छ ।
आजको दिन २५९ कम्पनीको ३९ लाख २२ हजार २ सय १६ कित्ता शेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ मूल्यमा कारोबार भयो ।
एनआइसी एशिया बैंककोे ६ करोड ४५ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भई कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रयो ।
यस्तै युनिभर्सल पावर कम्पनी ५ करोड ३५ लाख रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स, ४ करोड ८९ लाख ६० रुपैयाँ, हिमालयन डिस्टिलरी ४ करोड ७७ लाख रुपैयाँ र आशा लघुवित्त ४ करोड ३ लाख ७३ रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।
आदर्श लघुवित्तका १० प्रतिशत, माहुली लघुवित्त ५.५१ प्रतिशत युनिभर्सल पावर ४.९९ प्रतिशत , सिभिल लघुवित्त ४.०४ प्रतिशत र सर्पोट माइक्रोफाइनान्सका ३.८४ प्रतिशतले कमाएका छन् ।
यस्तै लक्ष्मी बैंकको ऋणपत्र ९.५८, बाराही हाइड्रोपावर ४.६७, मिथिला लघुवित्त ३.८५, ग्लोबल आइएमई व्यालेन्स फण्ड १ ३.७५ र आरबिबी म्युचुअल फण्ड १ लगानीकर्ताले ३ं४३ प्रतिशतले घटेको छ ।
आज १३ उपसमूहमध्ये ५ उपसमूहको सेयरको मूल्य घटेको छ भने ८ उपसमूहको शेयर मूल्य बढेको छ । त्यस्तै आज सेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको स्थिर र ९५ वटा कम्पनीको सेयरको मूल्यम गिरावट आएको छ ।