२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने


 

काठमाडौं । कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘कस्टमर्स डे’ को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ ।

यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक ‘कस्टमर्स डे’ को रुपमा समेत मनाउदै आएको छ । सोही अवसरमा माघ महिना २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #कामना सेवा विकास बैंक, #निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ