२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङविजय लघुवित्तले गर्यो लाभांशको घोषणा

विजय लघुवित्तले गर्यो लाभांशको घोषणा


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको १५६ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ३२ करोड रुपैयाँ बराबरको २१.०५२६ प्रतिशतका दरले हुन आउने ६ करोड ७३ लाख ६८ हजार ४२१.०५ रुपैयाँ बराबरको लाभाशको प्रस्ताव गरेको छ ।

प्रस्तावित कुल लाभांश मघ्ये २० प्रतिशतका दरले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनश शेयर र १.०५२६ प्रतिशतका दरले हुन आउने ३३ लाख ६८ हजार ४२१.०५ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ