काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा फागुन १९ गते बस्ने भएको छ ।
उक्त सभा काठमाडौंको लैनचोरस्थित लैनचोर ब्यान्क्वेटमा बिहान १० : ३० बजेबाट सुरु हुनेछ । संस्थाको माघ २६ गते बसेको सञ्चालक समितिको ४०५ औं बैठकले कम्पनीको २१ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको कुल २१.०५२६ प्रतिशतले हुन आउने २३ करोड ६२ लाख ४६ हजार ३१६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश मध्ये १५ प्रतिशतका दरले हुन आउने १६ करोड ८३ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनश शेयर र ६.०५२६ प्रतिशतका दरले हुन आउने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव सभाले अनुमाेदन गर्नेछ ।
त्यस्तै, सभाले हालको चुक्ता पूँजीमा बोनस सेयर वितरण गरेर जारी तथा चुक्तापुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले कम्पनीको संस्थापक सेयर संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेकोमा यसलाई संशोधन गरी सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०ः४० अर्थात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले अन्य कुनै उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त कम्पनी गाभ्ने वा प्राप्ति प्रक्रिया अगाडि बढाउनका लागि गर्नुपर्ने सम्पूण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते सम्म बुक क्लोज गर्ने निणर्य गरेको छ । फागुन ९ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।