२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङराष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र २ फाइनान्स कम्पनी

राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र २ फाइनान्स कम्पनी


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा भएको गैर स्थलगत सुपरिवेक्षणका आधारमा ४ वटा ‘ख’ वर्गका विकास बैंक र २ वटा ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

तोकिएको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्ने नसक्ने कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास,नारायणी डेभलपमेन्ट  र सप्तकोसी डेभलपमेन्ट बैंकले हर्जाना तिरेका छन्र ।

त्यस्तै ,नेपाल फाइनान्स र जानकी फाइनान्सले पनि तोकिएको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्ने नसक्दा केन्द्रिय बैंकको कारबाहीमा परेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले तेस्रोपटक असोजमा १७ लाख ९३ हजार ६४७ रुपैयाँ र चौथोपटक कात्तिकमा ३ लाख ३५ हजार ४७४ रुपैयाँ जरिवाना तिरेको छ।

सिन्धु विकास बैंकले तेस्रोपटक असोजमा ६ लाख ८२ हजार १२१ रुपैयाँ , नारायणी डेभलपमेन्ट बैंकले तेस्रोपटक असोजमा ५ लाख ८ हजार २०० रुपैयाँ, चौथो पटक कात्तिकमा ३ लाख ४ हजार २२९ रुपैयाँ र सप्तकोसी डेभलपमेन्ट बैंकले तेस्रोपटक असोजमा ३० लाख ५९ हजार ३३४ रुपैयाँ  , चौथो पटक कात्तिकमा २२ लाख ७७ हजार ३०२ रुपैयाँ बराबरको जरिवाना तिरेका छन् ।

त्यस्तै, सीडी रेसियो कायम गर्न नसकेका नेपाल फाइनान्सले तेस्रो पटक असोजमा १ लाख ४९ हजार ३६४ र जानकी फाइनान्सले तेस्रोपटक असोजमा ८० हजार ९८५ रुपैयाँ बराबरको हर्जाना तिरेका छन् ।

 


क्याटेगोरी : बैंकिङ
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ