२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङतेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब भन्दा बढी

तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब भन्दा बढी


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको पछिल्लो ९ महिनामा ३ अर्ब ४ करोड नाफा आर्जन गर्ने सफल भएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा २ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा गत आवको यस अवधिको तुलनामा २२.९६ प्रतिशतले बढेको हो ।

बैंकले चालु आव तेस्रो त्रयमाससम्ममा कुल कर्जा रकम ३ खर्ब ११ अर्ब र कुल निक्षेप संकलन ३ खर्ब ५० अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

बैंकको यस अवधिमा सञ्चालन मुनाफा ५ अर्ब ६५ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको बंैकको रिजर्भको आकार २३ अर्ब ८९ करोड रुपैयाँमा रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १५.२० रुपैयँँ र प्रतिसेयर नेटवर्थ १६६.८८रुपैयँँ छ ।

त्यस्तै, गत आवको यस अवधिमा एनपीएल २.२० प्रतिशतमा समिति रहेकोमा चालु आवको यस अवधिमा एनपीएल बढेर ३.९४ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ