२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङविदेशी विनियम कारोबार गर्न निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७९ संशोधन

विदेशी विनियम कारोबार गर्न निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७९ संशोधन

वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि मुद्रा सटहीमा सहज हुने


काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त “क” वर्गका वाणिज्य बैंक, “ख” वर्गका राष्ट्रियस्तरका विकास बैंक तथा अन्य निकायहरुलाई जारी गरेको एकीकृत परिपत्र-२०७९मा संशोधन गदै सुविधा थप गरेको छ ।

राष्ट्र बैंक .विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र-२०७९ संशोधन गदैं नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपछि बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन लेटर)सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

यसअघि वैदेशिक अध्ययनमा जाने विद्यार्थीले मुद्रा सटहरीका लागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटरको हार्ड कपी लिएर हिड्नु बाध्यताबाट अब  मुक्त हुने भएका छन् ।

 


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ