२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारतीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत

तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत


काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा तीन वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सपोर्ट,मिथिला र स्वरोजगार लघुवित्त संस्थाको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सपोट लघुवित्तको ९४ हजार ३८० कित्ता, मिथिला लघुवित्तको २ लाख ५५ हजार ६५५ कित्ता र स्वरोजगार लघुवित्तको ११ लाख ३१ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत आव २०७८/०७९को लागि सपोट लघुवित्तले ११ प्रतिशत , मिथिला लघुवित्तले १५ प्रतिशत र स्वरोजगार लघुवित्तले २२ प्रतिशत बोनस सेयर वितरण गरेका थियो ।
सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ