२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसिटिजन्स बैंकले १० वर्षका लागि ३ अर्बको ऋणपत्र जारी गर्न

सिटिजन्स बैंकले १० वर्षका लागि ३ अर्बको ऋणपत्र जारी गर्न


काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न भएको छ ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले उक्त ऋणपत्र जारी गर्नका लागी हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #सिटिजन्स बैंक इन्टरनेसनल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ