२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङएकै महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्बले बढ्यो

एकै महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्बले बढ्यो


काठमाडौं । पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रूपैयाँ बराबरकाे खुद नाफा  आर्जन गरेका छन् ।

चालु चालु आवकाे  चैत महिनासम्ममा  वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ७० करोड रहेको थियो । गत आवको यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ५८ अर्ब ३३ करोड रहेको थियो ।

नेपाल राष्ट बैंक सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक बर्ष २०७९/०८० को पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुको नाफा ५७ अर्ब १६ करोड पुगेको छ ।

राष्ट्र बैंकले उक्त तथ्यांक अनुसार यस अबधिमा २१ वटा वाण्जिय बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ ।

नबिल बैंकले चालु आवको यस अबधिमा ६ अर्ब १२ करोड खुद नाफा आर्जन गरेको छ ।

 यस अबधिमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ, एनआईसी एसिया बैंक ४ अर्ब ३९ करोड रुपैयाँ ,राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै,पछिल्लो १० महिनामा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ । कृषि विकासले यस अवधिमा १ अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै,सनराइज बैंकले १ अर्ब ३७ करोड रुपैयाँ, सिटीजन्सले १ अर्ब ४३ करोड रुपैयाँ र लक्ष्मी बैंकले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका छन् ।

 

 

 


क्याटेगोरी : बैंकिङ
ट्याग : #नेपाल राष्ट बैंक, #वाणिज्य बैंकहरुको नाफा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ