२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकबैंक तथा वित्तीय संस्थाको काम प्रति गुनासो भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्ने सकिने

बैंक तथा वित्तीय संस्थाको काम प्रति गुनासो भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्ने सकिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारबाही प्रति कुनै पनि गुनासो भए समयमै गुनासो दर्ता गराउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सार्वजनिक सुचना जारी गदै सेवाग्राहीलाई बैंक तथा वित्तीय संस्थाका कामकारबाही प्रति चित्त नबुझे कसैको लहैलहैमा वा बहकाउमा नलागी सोको यथोचित व्यवस्थापनको लागि समयमै गुनासो दर्ता गर्दा स्थापित संस्थागत संरचनामार्फत समस्याको समाधानको पहल हुने बताएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसका लागि केन्द्रीय बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संंरक्षण महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ र गुनासोको प्रकृतिअनुसार राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा गठित व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयसमेतको प्रतिनिधित्व रहेको गुनासो व्यवस्थापन समितिमार्फत इजाजतपत्र प्राप्त संस्थालाई आवश्यकताअनुसार निर्देशनसमेत दिने गरिएको राष्ट्र बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

 


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, बैंकिङ
ट्याग : #वित्तीय चेतना


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ