काठमाडौं । सिद्वार्थ बैंकले आर्थिक बर्ष २०७९/०८०मा खुद मुनाफातर्फ ३ अर्ब १९ करोड ११ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको यस अवधिमा २ अर्ब ९० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमाससम्म बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ९.९१ प्रतिशतले बढेको हो ।
बैंकले यस अवधिको चौथो त्रयमाससम्ममा कुल कर्जा रकम १ खर्ब ८४ अर्ब र कुल निक्षेप संकलन २ खर्ब २३ अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बैकको कुल सञ्चालन मुनाफा ९.८२ प्रतिशतले वृद्धी भएको छ । यस अवधिमा ४ अर्ब ६८ करोड रुपैयाँ कुल सञ्चालन मुनाफा रहेको छ । त्यस्तै, वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.६४ रुपैयाँ,प्रतिशेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ । त्यस्तै,बैंकको पीई रेसियो ११.१७ गुणा रहेको छ ।
यस अवधिसम्म १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ५७ करोड ८९ लाख रुपैयाँ रहेको छ ।