२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारकुमारी बैकको संस्थापक सेयर विक्रिमा

कुमारी बैकको संस्थापक सेयर विक्रिमा


काठमाडौं – कुमारी बैंकले आज साउन १९ गतेदेखि ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता १०५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी तथा ईच्छुक जो कोही योग्य व्यक्तिले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन ।

आवेदनकर्ताले  न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जानी गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनआइबिल एस क्यापिटल लिमिटेड, लाजिम्पाट , काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ