काठमाडौं । नेपाल बैंकले आर्थिक बर्ष २०७९/०८०मा खुद मुनाफातर्फ ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको यस अवधिमा २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमाससम्म बैंकको खुद नाफा गत आवको यस अवधिको तुलनामा १६.७० प्रतिशतले बढेको हो ।
बैंकले यस अवधिको चौथो त्रयमाससम्ममा कुल कर्जा रकम १ खर्ब ७८ अर्ब र कुल निक्षेप संकलन २ खर्ब ४४ अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४४ करोड १५ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बैकको कुल सञ्चालन मुनाफा २१.९ प्रतिशतले वृद्धी भएको छ । यस अवधिमा ४ अर्ब ४० करोड रुपैयाँ कुल सञ्चालन मुनाफा रहेको छ । त्यस्तै, वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै अघिल्लो आर्थिक बर्षमा खराब कर्जा १.८३ प्रतिशत रहेकोमा यस आर्थिक बर्ष बढेर २.८५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४८.९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २४८.९४ डरुपैयाँ रहेको छ । त्यस्तै,बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ ।
यस अवधिसम्म १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।