२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसमृद्धि फाइनान्सका ग्राहकलाई होटल ठमेल पार्कमा भारी छुट

समृद्धि फाइनान्सका ग्राहकलाई होटल ठमेल पार्कमा भारी छुट


काठमाडौ । समृद्धि फाइनान्सका ग्राहकले होटल ठमेल पार्कमा भारी छुट पाउने भएका छन् ।

साउन १९ गते समृद्धि फाइनान्स र होटल ठमेल पार्कबीच छुट सम्बन्धी समद्मदारी भएको हाे । यो समद्मदारी पछी यही श्रावण २० देखी २०८१ साल १९ साउनसम्म समृद्धि फाइनान्सका ग्राहकले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको भारी छुट प्राप्त गर्ने छन् ।

त्यस्तै उक्त होटलमा स्पामा २० प्रतिशत खाना, पेय पदार्थ र आवासमा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालज्ले हस्ताक्षर गरेका हुन ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 


क्याटेगोरी : कर्पोरेट, फाइनान्स, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ