काठमाडौं । नबिल बैंकले आर्थिक बर्ष २०७९/०८०को चौथो त्रैमाससम्म खुद मुनाफातर्फ ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको यस अवधिमा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० को चौैथो त्रैमाससम्म बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ७६.८६ प्रतिशतले बढेको हो ।
बैंकले यस अवधिमा कुल कर्जा रकम ३ खर्ब ३२ अर्ब र कुल निक्षेप संकलन ३ खर्ब ९६ अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । यस्तो आम्दानी आव २०७८/०७९ मा ८ अर्ब ९१ करोड रुपैैयाँ रहेको थियो ।
बैंकको यस अवधिमा सञ्चालन मुनाफा ११ अर्ब १ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार भने ०.६५ प्रतिशतले घटेर २७ अर्ब ७ करोड रुपैयाँमा सिमित हुन पुगेकाे छ।
त्यस्तै, गत आव २०७८/०७९मा बैंकको एनपीएल ०.६४ प्रतिशतमा समिति रहेकोमा यस अवधिमा एनपीएल बढेर १.२३ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २७.८२ रुपैयाँ, आम्दानी मूल्य अनुपात २१.५४ गुणा र प्रति सेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ ।