२०८१ माघ १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङयस्तो रहयो वाणिज्य बैंकहरुको वित्तीय विवरण

यस्तो रहयो वाणिज्य बैंकहरुको वित्तीय विवरण


काठमाडौं । संचालनमा आएका २० वटा वाणिज्य बैंकले आर्थिक बर्ष २०७९/०८०को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन । यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ७० अर्ब १७ करोड रुपैयाँ बराबर रहेको छ । अघिल्लो आर्थिक बर्षमा ५६ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

खुद नाफा/खराब कर्जा

वाणिज्य बैंकहरुले प्रकाशित गरेको आव २०७९/०८०को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु आबको यस अवधिमा ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ ।

यस अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रे बैंकले यस अवधिमा १ अर्ब ८५ करोड नाफा कमाउँदैं कम नाफा आर्जन गर्ने वाणिज्य बैंक भएको छ ।

त्यस्तै यस अवधिमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ एनआईसी एसिया बैंक ४ अर्ब ६५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४ अर्ब २९ करोड रुपैयाँ र एनएमबी बैंकको ३ अर्ब खुद नाफा आर्जन गरेका छन ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब ४१ करोड चार रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा अधिकांश बाणिज्य बैंकहरुको खराब कर्जा अनुपात बढेको देखिन्छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये कुमारी बैंक ४.७७ प्रतिशत, हिमालयन बैंकका ४.५७ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंकको ४.३५ प्रतिशत,प्राइम बैंकको ४.२३ प्रतिशत र प्रभु बैंकको खराब कर्जा ४.१६ प्रतिशत रहेको छ ।

त्यस्तै सिटीजन्स ३.१९ प्रतिशत र ग्लोबल आईएमईको ३.०८ प्रतिशत र नबिलको ३.०२ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.९५ प्रतिशत, नेपाल बैंकको २.८५ प्रतिशत, एनएमबी बैंकको २.७२ प्रतिशत, कृषि विकास बैंकको २.४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.२८ प्रतिशत, नेपाल एसबीआई बैंकको २.४३ प्रतिशत र माछापुच्छ्रे बैंकको २.१२ प्रतिशत रहेको छ ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.१७ प्रतिशत, सिद्धार्थ बैंकको १.०७ प्रतिशत, सानिमा बैंकको १.०३ प्रतिशत, एनआइसी एसिया बैंकको ०.०८ र एभरेष्ट बैंकको ०.७९ प्रतिशत रहेको छ ।

प्रतिशेयर आम्दानी/लाभाँश क्षमता

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४०.२२ रुपैयाँ प्रतिशेयर आम्दानी भएसँगै प्रतिशेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक प्रथम स्थान रहेको छ ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३७.३९ रुपैयाँ ,राष्ट्रिय वाणिज्य बैंकको ३३.९६ रुपैयाँ,एभरेष्ट बैंकको ३१.७२ रुपैयाँ र नबिल बैंकको २७.८२ रुपैयाँ रहेको छ ।

एभरेष्ट बैकले आव २०७९/०८० को नाफाबाट सेयरधनीलाई सबैभन्दा बढी ४०.५० प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्दछ । त्यस्तै एनआइसी एशियाले ३१.९९ प्रतिशत,स्ट्याण्डर्ड चार्टर्ड २८.९९ प्रतिशत,माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत,नविल बैंकले १४.६४ प्रतिशत एसबीआईले १३.९३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

स्रेडदर/चुक्ता पुँजी

यस अवधिमा नबिल र इन्भेष्टमेन्ट मेगा बैंकको स्प्रेडदर ४.९९ प्रतिशत रहेको छ भने कुमारी बैंकको ४.९८ प्रतिशत,ग्लोबल आइएमई बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.८६ प्रतिशत ,हिमालयन बैंकको ४.७९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.४२ प्रतिशत  रहेको छ ।

आर्थिक बर्ष २०७९/०८०को असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ भएसागै चुक्ता पूँजको ठूलो बैक रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ अर्ब १२ करोड रुपैयाँ बराबर र नबिल बैंकको २७ अर्ब ५ करोड करोड रुपैयाँ बराबर ,कुमारी बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड रुपैयाँ बराबर र प्रभु बैंकको २३ अर्ब ५४ करोड रुपैयाँ बराबर रहेको छ ।

 

 


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ