२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङआशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा

आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा


काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रि गर्ने निवेदन दिएकाले कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा लघुवित्त कम्पनीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काभ्रेपलान्चोकको बनेपा —१३ साँगास्थित वित्तीय संस्थाको केन्द्रिय कार्यालयमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त
ट्याग : #आशा लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ