२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमहालक्ष्मी विकास बैंक बिफिन एल एण्ड एक्सिलेन्सी अवार्ड — २०२३ द्वारा सम्मानित

महालक्ष्मी विकास बैंक बिफिन एल एण्ड एक्सिलेन्सी अवार्ड — २०२३ द्वारा सम्मानित


काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँग बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) द्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड-२०२३’बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ ।

बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न ‘लिडर्स फर द नेक्स्ट जेनेरेसनः एक्सपेक्ट द अनएक्सपेक्टेड’ कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो  ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख  विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका  हुन्र  ।

सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ