काठमाडौ । आर्थिक २०७९/०८० को चौथो त्रैमाससम्मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा ५०.०९ प्रतिशतले घटेको छ ।
संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ८१ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर ४० करोड ५२ लाख रुपैयाँमा सिमित हुन पुग्यो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी घटेर १ अर्ब ४९ करोड रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी १ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो आवमा संस्थाको सञ्चालन मुनाफा १ अर्ब १५ करोड रुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको यस्तो मुनाफा घटेर ५७ करोड ५९ लाख रुपैयाँ भएको छ ।
अघिल्लो वर्ष ९ अर्ब ४८ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा ८ अर्ब ८५ करोड रुपैयाँ सापटी लिई २२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा संस्थाको निक्षेप संकलन १० अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने २६ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा संस्थाको खराब कर्जा बढेर २.३९ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको खराब कर्जा ०.९१ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले ३७ करोड ३४ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।
चुक्तापुँजी १ अब १८ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.२८ रुपैयाँ मूल्य आम्दानी अनुपात ४६.६८ गुणा र प्रतिसेयर नेटवर्थ २६३.०७ रुपैयाँ रहेको छ