काठमाडौं । आर्थिक बर्ष २०७९/०८० को चौथौ त्रैमाससम्मा अभियान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ९६.२३ प्रतिशतले घटेको छ ।
लघुवित्त कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक बर्ष २०७८/०७९ मा ८७ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर ३ लाख २८ रुपैयाँमा सिमित हुन पुग्यो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा गिरावट आएको छ ।
अघिल्लो आवमा १० करोड ३१ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिमा यस्तो आम्दानी घटेर ९ करोड ५३ लाख रुपैयाँमा सिमित हुन गयो ।
त्यस्तै,संचालन मुनाफा ३ लाख २८ रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो मुनाफा १ करोड ६७ लाख रुपैयाँ रहेको थियो । यस्तो मुनाफा ९८.०३ प्रतिशतले घटेको हो ।
यस अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई १ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवमा संस्थाले १ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
संस्थाले आर्थिक बर्ष २०७९/०८० को चौथो त्रैमाससम्ममा २० करोड ८४ रुपैयाँ निक्षेप संकलन गर्ने सफल भएको छ ।
अघिल्लो बर्षको तुलनमा यस समिक्षा अवधिमा संस्थाको खराब कर्जा भने बढेको छ । आर्थिक बर्ष २०७८/०७९ मा २.६० प्रतिशत खराब कर्जा रहेकोमा यस समिक्षा अबधिमा बढेर ४.८९ प्रतिशत पुगेको छ ।
खराब कर्जा बढ्दा संस्थाले १२ लाख ७६ रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ । अघिल्लो वर्ष २ करोड २४ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ३ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी २५ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १३ पैसा ,प्रतिसेयर नेटवर्थ ११०.९५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५३७६.९२ गुणा रहेको छ ।