काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७९/०८० को चौथो त्रैमाससम्मा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएको छ ।
अघिल्लो वर्ष उस अवधिमा संस्थाको खुद घाटा ४७ लाख ४९ हजार रुपैयाँ थियो।
त्यस्तै,अघिल्लो आवको यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यस आवमा यस्तो आम्दानी १९.२७ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँ सिमित रहन गयो ।
आर्थिक बर्ष २०७८/०७९ मा संस्थाले ८४ हजार रुपैयाँ संचालन घाटा व्यहोरेकोमा समीक्षा अवधिमा यस्तो मुनाफा पनि १ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले यस अवधिमा खराब कर्जाको अनुपात भने घटाउन सफल भएको छ । यस अवधिमा संस्थाको खराब कर्जा ५.११ प्रतिशत रहेको छ । अघिल्लो आवमा संस्थाको एनपीएल ६.५१ प्रतिशत रहेको थियो । संस्थाले प्रोभिजनका रुपमा २ करोड ८२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।
समीक्षा अवधिसम्म संस्थाले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०.१८ रुपैयाँ,पीई रेसियो ११६.६० गुणा र प्रतिसेयर नेटवर्थ १९३.५९ रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष १० करोड ३१ लाख रुपैयाँ रिजर्भ रहेको संस्थाको यस अवधिमा बढेर १० करोड ३३ लाख रुपैयाँ पुगेको छ ।