२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङएनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त


काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा श्री किरण पौडेल नियुक्त भएका छन् ।

असोज ५ गते शुक्रबार बिहान १० बजे बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निणर्य गरिएको हो ।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यस अघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हाली रहेका थिए ।

सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ