काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिन म्याद थप गरिएको छ ।
माग बमोजिम आवेदन नपरेकाले म्याद थप गरिएको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । ऋणपत्रमा कात्तिक १ गते सम्म आवेदन दिन सकिने र माग भन्दा बढी आवेदन प्राप्त भएमा कात्तिक अगाडी नै आवेदन बन्द गरिने क्यापिटलले जनाएको छ ।
बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामक ऋणपत्र बिक्री गरेको हो । ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ भने अवधि १० वर्ष रहेको छ ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने मध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
बैंकले सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
बैंकको ऋणपत्रमा लगानीकर्ताले प्रतिकित्ता १ हजार अंकित मूल्य दरले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूण कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।