२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङचालु आवको पहिलो त्रैमासमा नबिलको नाफामा गिरावट

चालु आवको पहिलो त्रैमासमा नबिलको नाफामा गिरावट


काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्ष २०८०/०८१ को पछिल्लो ३ महिनामा खुद मुनाफातर्फ १ अर्ब ४६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्म नबिल बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ६.५० प्रतिशतले घटेको हो ।
बैंकले चालु आव पहिलो त्रैयमाससम्ममा कुल कर्जा रकम ३ खर्ब ५३ अर्ब र कुल निक्षेप संकलन ४ खर्ब १४ अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १७ करोड २९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, यस अवधिमा बैंकको २ अर्ब १२ करोड रुपैयाँ कुल सञ्चालन नाफा रहेको छ । अघिल्लो आवको यस अवधिमा यस्तो नाफा २ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । त्यस्तै यस अवधिमा वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै,बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा रहेको छ ।

यस अबधिमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवको यस अवधिमा बैंकको एनपीएल १.०४ प्रतिशत रहेकोमा चालु आवको यस अवधिमा १.५८ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्दा बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा १ अर्ब ११ करोड रकम छुट्याएको छ ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ