२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङचालु आवको पहिलो त्रैमासमा सरकारी स्वामित्वको वाणिज्य बैंकको प्रर्दशन कमजोर 

चालु आवको पहिलो त्रैमासमा सरकारी स्वामित्वको वाणिज्य बैंकको प्रर्दशन कमजोर 


काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो त्रैमासमा सरकारी स्वामित्वमा रहेका तीन वाणिज्य बैंकको प्रर्दशन कमजोर देखिएको छ ।

पहिलो त्रैमासको अन्तयसँगै वाणिज्य बैंकहरु प्रकाशित गरेको वित्तीय विवरण अनुसार सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य, नेपाल बैंक र कृषि विकास बैंकको प्रर्दशन खस्कँदो रहेको छ ।

कृषि विकास बैंकले यस अवधिमा घाटा व्यवहोरेको छ भने राष्ट्रिय वाणिज्य र नेपाल बैंकको नाफा घटेको छ ।

खुद नाफा/खुद घाटा

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ८५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आव यस अवधिमा बैंकले १ अर्ब २४ करोड खुद नाफा आर्जन गरेको थियो । बैंकको यस्तो नाफा ३१.०३ प्रतिशतले घटेको हो ।

चालु आवको पहिलो त्रैमासमा नेपाल बैंकको खुद नाफा ७६.४३ प्रतिशतले घटेको छ । अघिल्लो आवको यस अवधिमा बैंकले ६० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरको थियो तर चालु आव यस अवधिमा बैंकको खुद नाफा १४ करोड २३ लाख रुपैयाँमा सिामित हुन पुग्यो ।

अघिल्लो आवको पहिलो त्रैमासमा २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कृषि विकास बैंकले चालु आवको पहिलो त्रैमासमा ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यवहोरेको छ ।

खुद ब्याज आम्दानी

राष्ट्रिय वाणिज्य बैंकले गत आवको पहिलो त्रैमासमा ३ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको यस अवधिमा बैकको यस्तो आम्दानी २० प्रतिशतले घटेर २ अर्ब ५२ करोड रुपैयाँमा सिमित हुन पुग्यो ।

नेपाल बैंकले अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कृषि विकास बैंकका खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो।

संचालन मुनाफा

गत आवको पहिलो त्रैमासमा १ अर्ब ७७ करोड रुपैयाँ संचालन मुनाफा रहेको राष्ट्रिय वाणिज्य बैंकको चालु आवको यस अवधिमा यस्तो मुनाफा १ अर्ब २१ करोड रुपैयाँ सिमित हुन पुग्यो ।

समिक्षा अवधिमा नेपाल बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो अघिल्लो वर्ष यस अधिमा सञ्चालन मुनाफा २४ करोड ६५ लाख रुपैयाँ रहेको कृषि विकस बैंकले चालु आवको पहिलो त्रैमासमा ९० करोड ८३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ।

वितरण योग्य मुनाफा

चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा नेपाल बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ७५ रुपैयाँ रहेको छ। त्यस्तै कृषि विकास बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रहेको छ।

कर्जा / निक्षेप

यस अवधिमा राष्ट्रिय वाणिज्यको ३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ भने २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरको छ । नेपाल बैंकले यो त्रैमासमा २ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। कृषि विकास बैंकले पहिलो त्रैमासमा बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

खराब कर्जा

अघिल्लो आवमा राष्ट्रिय वाणिज्यको खराब कर्जा २.४८ प्रतिशतमा सिमित भएकोमा चालु आवको यस अवधिमा बैंकको एनपीएल बढेर ३.६२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल २.३६ प्रतिशत रहेको नेपाल बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.८४ प्रतिशत पुगेको छ। कृषि विकास बैंकको एनपीएल बढेर ५.३३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंकको एनपीएल २.३८ प्रतिशतमा सीमित थियो।

प्रतिशेयर आम्दानी

अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ३५.७६ रुपैयाँ रहेको राष्ट्रिय वाणिज्यको चालु आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी २१.९९ रुपैयाँ रहेको छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.८८ रुपैयाँमा रहेको छ । त्यस्तै कृषि विकास बैंकको प्रतिसेयर आम्दानी २८.८३ रुपैयाँले ऋणात्मक बनेको छ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ