२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो

मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो


काठमाडौं। मुक्तिनाथ विकास बैंकको खुदनाफा घटेको छ भने खराब कर्जा बढेको छ ।

बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रुपैयाँमा सीमित भएको छ । बैंककले अघिल्लो वर्षको यसैअवधिमा यस ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसंगरी एक वर्षको अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्राभवित भएको बैंकको भनाइ छ । खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ ।

गत वर्ष ४४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँमा आएको छ । खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक
ट्याग : #मुक्तिनाथ विकास बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ