काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २४६.८२ प्रतिशतले बढेको छ ।
यस अवधिमा लघुवित्त कम्पनीले ८६ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको यस अवधिमा संस्थाले २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्त कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको यस अवधिसम्ममा संस्थाको सञ्चालन मुनाफा ३३ लाख ६९ हजार रुपैयाँमा सीमित भएकोमा चालु आवको यस अवधिमा यस्तो मुनाफा बढेर ७२ लाख ४ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले गत आवको पुस मसान्तसम्ममा ९ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको यस अवधिमा कम्पनीको यस्तो आम्दानी बढेर ११ करोड ४१ लाख पुगेको छ ।
अघिल्लो आवमा ३.५३ प्रतिशत कायम भएको खराब कर्जा चालु आवको यस अवधिसम्म कम्पनीको खराब कर्जा घटेर १.५४ प्रतिशतमा सीमित भएको छ ।
चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १८.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५५.४९ गुणा, प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ ।