२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङनेरुडे लघुवित्तले बोलायो साधारण सभा

नेरुडे लघुवित्तले बोलायो साधारण सभा


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा फागुन ११ गते बस्ने भएको छ ।

उक्त सभा मोरङको विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

लघुवित्त संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको ३२६ औं बैठकले कम्पनीको १७ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

साथै सभामा संस्थाले अन्य इजाजतप्राप्त अन्य कुनै एक वा एक भन्दा बढी उपयुक्त वित्तीय वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव समेत हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ